७ मंसिर २०८३, सोमबार

सासु आमाको जन्मदिनमा ज्वाईँ–छोरीको उपहार : बृद्धाश्रममा भोजन र पंखा 

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ४ साउन । नेपालमा रहेकी सासु आमाको ७६ औं जन्मदिनमा बेलायतमा रहेका ज्वाँई छोरीले विद्यालयलाई उपहार प्रदान गरेका छन् ।

सासु आमा केदारकुमारी श्रेष्ठको जन्मदिनको अवसर पारेर बेलायतमा रहेका ज्वाँई–छोरी शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठले जन्मथलो इलाममा रहेको वृद्धाश्रमलाइ ३ थान सिलिङ्ग पंखा प्रदान गरेका छन् ।

यस्तै, इलाम नगरपालिका वडा न १० गोदकको माइखोलाको किनारस्थित माइभगवती वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई बिभिन्न परिकारका साथ दिवा भोज सहित प्रत्येक कोठामा सिलिङ फ्यान प्रदान गरिएको हो ।

सासु आमा सक्रिय समाजसेवी रहेकोे तर ८ बर्षदेखि डिमेन्सिया (बिर्सने रोग) भएपछि जीवनशैली बदलिएको बताउँदै ज्वाई शिवजी भन्छन्,‘जबसम्म उहाँ स्वस्थ हुनुहुन्थ्यो, तबसम्म आफ्नो जिल्ला इलामको गाउँ–गाउँ पुग्दै महिला सशक्तिकरणको लागि खटिनुभयो ।’

नारी विकास संघको कोषाध्यक्षमा निर्वाचित भएपछि लुथरन प्रोजेक्टसंग सहकार्य गर्दै नारी विकास संघमार्फत लागि परेकी केदारकुमारी  जिल्ला रेडक्रस सोसाइटी इलाम हुदै नारी विकास संघको क्षेत्रीय कार्यालयको संस्थापक समेत रहेकी थिइन् ।

उनले इलाम जिल्लामा नै पहिलो पटक स्विटर बुन्ने मेशिन दार्जिलिंगबाट झिकाएर तथा ढाका उद्योगको स्थापना गर्नुको साथै रेशम खेतीलाई गाउँ–गाउँ पुर्याउँदै इलामका महिलाहरुलाई सीप विकास गर्दै आय आर्जनको लागि परेकी केदारकुमारी १० बर्ष छोरी ज्वाईसँगै बेलायत समेत बसेकी थिइन् ।

उनको सामाजिक सेवाको भावलाई जारी राख्न केदारकुमारीकै हातबाट सामाग्रीहरु वृद्धाश्रमलाई प्रदान गरिएको कुरा छोरी उर्मिला श्रेष्ठले बताइन् । हेरचाह गर्ने आफन्त कोहि नभएका ७० बर्षदेखि ८६ बर्ष सम्मका ३ जना बुवा र ९ जना आमाहरु रहेको सो वृद्धाश्रम बि स २०६३ सालमा स्थापना भएको थियो ।।

एक समारोहका बीच देवरानी, छोरा बुहारीहरू तथा नाति नातिनिहरुको उपस्थितिमा केदार कुमारी श्रेष्ठले संस्थाकी अध्यक्ष बिष्णु दाहाललाइ ती सामाग्रीहरु हस्तान्तरण गरेकी हुन् ।

वृद्धाश्रमकी अध्यक्ष दाहालले केदारकुमारी आफ्नो मित्र रहेको स्मरण गर्दै जीवनमा ठ अथक सामाजिक योद्दारहेको स्मरण गरिन् ।  समारोहमा केदारकुमारीकी देवरानी मुना श्रेष्ठ, छोरा बुहारीहरू मोहन मान श्रेष्ठ लिला श्रेष्ठ, योगेन्द्रमान श्रेष्ठ सुनु श्रेष्ठ तथा नाति सुयोग्य, नातिनीहरू लिसा अदिति समेत सहभागी थिए ।

कार्यक्रमको संयोजन सुनु श्रेष्ठ र सुयोग्य श्रेष्ठले गरेका थिए । परिवारमा रहेको सामाजिक भावलाई कायम राख्नका लागि अहिलेको पुस्तालाई पनि सहभागी गराइएको बताइन्छ ।