पर्वत, ४ साउन । पर्वत जिल्लामा श्रीमती र छोराको बन्चरो प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।
पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारीको मलामी डाँडास्थित पानी ट्याङ्की नजिकै श्रीमती बिजुला र छोरा सचिन सुनारको बन्चरो प्रहारबाट विष्णु सुनार गम्भीर घाइते भएका हुन् ।
विष्णुमाथि आक्रमण गरेकी श्रीमती बिजुला र छोरा पनि सामान्य घाइते भएका कारण घटनामा संलग्न तीनै जना घाइतेलाई एउटै एम्बुलेन्समा राखेर पर्वत अस्पतालमा लगिएको कटुवाचौपारीका वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले जानकारी दिए ।
घाइते विष्णु सुनारअहिले सामान्य बोल्ने अवस्थामा छन् । घटनामा संलग्न बिजुली र सचिनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
घटनामा संलग्न ३ जनाकै उपचारको काम भइरहेकाले घटना किन र कसरी भयो भन्नेबारे केही पनि नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताए ।











प्रतिक्रिया