
काठमाडौँ, ३ साउन । सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
पार्टीको विवाद समाधानका लागि बोलाइएको सचिवालयको बैठक सकेर उनीहरु राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका बालुवाटार स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपतिसँग भेट्नुको कारण भने खुलाइएको छैन ।
४ घण्टासम्म बसेको सचिवालय बैठकमा कुनै ठोस निष्कर्ष ननिस्केपनि पार्टीको गतिरोध सहमतिबाटै अन्त्य गर्नेबारे व्यापक छलफल भएको बताइएको छ ।















प्रतिक्रिया