
काठमाडौँ, ३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा सचिवालय बैठक जारी रहेको बेला मन्त्रीहरु पनि आएका छन् ।
दिउँसो ३ बजेदेखि जारी रहेको सचिवालय बैठकमा मन्त्रीहरु पनि आइपुगेका हुन् ।
स्रोतका अनुसार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत बालुवाटार प्रवेश गरेका हुन् । उनीहरु किन प्रवेश गरे भन्नेबारे केही खुलाइएको छैन ।
पार्टीभित्रको विवाद समाधानका लागि स्थायी कमिटीको बैठक स्थगित गरेर पार्टीले सचिवालय बैठक बोलाएको हो ।















प्रतिक्रिया