
काठमाडौँ, २ साउन । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयात कर्ता तथा वितरक भिजि अटो मोबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कोरोना विशेष किसिमको घौषणा गरेको छ ।
विगत ३ महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहज मिलोस भन्ने हेतुले उतारचढाब आईरहन्छ, सुजुकिको साथ रहिरहन्छ भन्ने मुल नारा राखेर प्रत्येक मौटरसाईकल तथा स्कुटरको खरिदमा १५हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरको स्किमको आह्वान गरेको छ ।
ग्राहकलाई १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ त्यो छानेर लिन सकिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले अगाडी सारेको स्किम यही श्रावण १ गतेदेखि ३१ गतेसम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिनेछ । एक्सचेञ्जमा समेत यो स्किम लागु गरिएको कम्पनीले जानकारी गराएको छ ।
सुजुकीका जिक्स २५० सिरिज, जिक्स १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन् भने स्कुटरतर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन् ।
१ वर्ष अगाडी मात्र नेपाली बजारमा बिक्री सुरु भएको जिक्स भेरियन्ट युवा पुस्ताले निकै रुचाईएको बाईकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लोकप्रिय रहेको छ ।















प्रतिक्रिया