
काठमाडौँ, १ साउन । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले ल्याएको योजना “दिस २०२० गेट सामसुङ ग्यालेक्सी एस २०”अन्तर्गत लक्की ड्र मार्फत सामसुङ ग्यालेक्सी एस २०ं जित्ने भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ ।
यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम रु. २० को कुनै पनि कारोवार जस्तै रिचार्ज, युटिलिटी पेमेन्ट, पीटुपी फण्ड ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) गरे पश्चात एउटा युनिक कोड नं. पाएका थिए र सोही युनिक कोड नं. हरुबाट लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले एउटा नयाँ सामसुङ ग्यालेकसी एस २०ं जित्ने मौका पाएका छन् ।
यसका साथै हरेक हप्ता ७ जना ग्राहकहरुका दरले जम्मा ३५ जना भाग्यशाली ग्राहकहरुले पनि पेलेस, एड्ड्रेस लन्ज, इनरजाइजर/एक्स-एबाट विभिन्न उपहारहरु पाएका थिए ।
“दिस २०२० गेट सामसुङ ग्यालेक्सी एस २०” योजनाको विजेताको घोषणा २०७७ श्रावण १ गते बिहीबार सेलपेको आधिकरिक फेसबुक पेजमार्फत भएको “सेलपे गफगाफ मह जोडीसँग” को कार्यक्रमबाट प्रत्यक्ष लक्की ड्र मार्फत गरिएको थियो ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यद्वारा गरिएको लक्की ड्र मार्फत युनिक कोड नं. १०६१६८ भएको सुजन कार्की सामसुङ ग्यालेक्सी एस २०ंको विजेता भएका छन् ।
“दिस २०२० गेट सामसुङ ग्यालेक्सी एस २०” योजना सफल बनाउन उल्लेखिय योगदान गर्ने पेलेस, एड्ड्रेस लन्ज, इनरजाइजर/एक्स-ए तथा यस योजनामा सहभागी भएका सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद ब्यक्त गरिएको छ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो . सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।
वास्तविक समयमा भुक्तानी
बिना वालेट कारोबार गर्न सकिने
सरल एवं सुरक्षित
लोयल्टी पोइन्टस पाईने
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, कोविड १९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ ।
यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
सेलपे एप्प डाउनलोड गरी आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।.















प्रतिक्रिया