५ कार्तिक २०८३, बिहिबार

साउन २१ देखि आन्तरिक र भदौ १ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सुझाव

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ साउन । सरकारले साउन २१ गतेदेखि हवाई उडान सञ्चालन गर्न सकिने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिने जनाएको हो ।

चैत ९ गतेदेखि बन्द भएको उडान पुनः सुचारु पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा गठन भएको अध्ययन समितिले बिहीबार प्रतिवेदन बुझाउँदै यस्तो जनाएको हो ।

समितिले पर्यटनमन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाउँदै आन्तरिक उडान साउन २१ गते र अन्र्राष्ट्रिय उडान भदौ १ गतेदेखि सञ्चालन गर्न सकिने सुझाव दिएको हो ।