५ कार्तिक २०८३, बिहिबार

खोलामा डुबेर ३ वर्षीय बालकको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, १ साउन । झापाको अर्जुनधारा नगरपालिका ११ मा खोलामा डुबेर एक ३ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय प्रवीन मुर्मुका ३ वर्षीय छोरा ऋषि मुर्मु रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिहीबार घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उद्धार गरी उपचारको लागि उनलाई बी.एन्ड.सी अस्पताल बिर्तामोड लगेका थिए ।

तर, अस्पताल पु¥याउनासाथ बालकको मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।