
काठमाडौँ, ३१ असार । महालेखापरीक्षकको कार्यालयले इनोभेटिभ बिजनेश भन्दै अवैध रुपमा सञ्चालनमा रहेका टुटल र पठाओको सेवामाथि प्रश्न उठाएको छ ।
वुधबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७ औँ प्रतिवेदनमा यातायात व्यवस्था विभागमा पञ्जिकृत भई सञ्चालन गर्नुपर्ने यस्ता सेवा पञ्जिकृत नभएको उल्लेख छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९३ मा यातायात सेवाको नाम विभागमा पञ्जिकृत नगरी सार्वजनिक सवारी यातायात सेवा सञ्चालन नहुने व्यवस्था छ ।
‘हाल उपत्यकामा सञ्चालन भइरहेका पठाओ र टुटलजस्ता यातायात सेवा विभागमा पञ्जिकृत नगरी सञ्चालन भएको देखियो’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘यस्ता सवारीसाधन पञ्जिकृत गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्दछ ।’















प्रतिक्रिया