
काठमाडौँ, ३१ असार । सिरहाको कल्याणपुर नगरपालिकाका मेयरका छोरा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मेयर सूर्यनाथ मण्डलको छोरा सन्त मण्डल वुधबार दिउँसो ५ लाखसहित पक्राउ गरेको हो ।
टोलीले उनलाई लहान नगरपालिका २२ स्थित एक निर्माणधीन पेट्रोल पम्पबाट पक्राउ गरेको हो । मण्डलसँगै आएका उनका साथी जितेन्द्र महतो पनि पक्राउ परेका छन् ।
उनीहरुलाई योजना डीपीआर गरेको भुक्तानी विषयमा सेवाग्रहीसँग घुस लिँदालिँदै पक्राउ गरेको हो ।















प्रतिक्रिया