३ कार्तिक २०८३, मंगलबार

डोजर दुर्घटनामा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १ चैत । पश्चिम निस्कोट गाविसमा मोटरबाटो खन्दै गरेको डोजर शनिबार दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

निस्कोट–३ छिसमा मोटरबाटो खन्दै गरेको डोजर सडकबाट करिब ८०० मि तल खस्दा सहयोगी ताकम–७ का कुलबहादुर पुन र निस्कोट–६ का दीपेन्द्र पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

डोजरसँगै खसेर च्यापिएका चालक ताकम–५ का बालकृष्ण खत्री भने गम्भीर घाइते भएको घटनास्थल पुगेका प्रहरी निरीक्षक पूर्णबहादुर थापाले जानकारी दिनुभयो । खुट्टा र टाउकामा गम्भीर चोट लागेका चालक खत्रीलाई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ । रासस