
काठमाडौँ, ३१ असार । प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वान टु वान छलफल सकिएको छ ।
वुधबार बालुवाटारमा भएको साढे २ घण्टाको छलफलमा उनीहरुबीच कुनै ठोस सहमति भने नभएको स्रोतले जानकारी दिएको छ । यद्यपि भेटमा भएको कुराकानीका विषयमा केही भनिएको छैन ।
उनीहरुबीच पछिल्लो समय पार्टीको आन्तरिक विवाद समाधाका लागि निरन्तर छलफल भएपनि कुनै निष्कर्ष निस्किएको छैन ।
दुवै अध्यक्षले आफ्नो अडान कायमै राखेपछि कुनै सहमति हुन नसकेको बताइएको छ । असार १८ देखि बस्न नसकेको स्थायी समिति बैठक साउन २ गतेसम्मको लागि सारिएको छ ।
पार्टीमा उत्पन्न गतिरोध अन्त्यका लागि उनीहरुको छलफल निरन्तर हुनसक्ने स्रोतले जनाएको छ ।















प्रतिक्रिया