
काठमाडौँ, ३१ असार । सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सिजि सिमेन्टमा लगानीको सम्झौता भएको छ ।
त्यस्तै, ग्लोबल आईएमई बैंक लि., कुमारी बैंक लि., सनराइज बैंक लि., प्रभु बैंक लि., नेपाल बैंक लि., सेञ्चुरी बैंक लि., नेपालक्रेडिट एण्ड कमर्स बैंक लि., र नेपालएसबिआई बैंक लि. समेतको सहभागितामा सि.जि.सिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रा.लिको क्लिंकराइजेसन प्लान्टकोे क्षमता १,९५० टीपीडी बाट २,९५० टीपीडीमा विस्तार गर्न आवश्यक थप कर्जा सम्झौता भएको हो ।
थप कर्जा २ अर्ब ३७ करोड ८० लाख रुपैयाँ गरी कुल ९ अर्ब ६ करोड ३० लाख रुपैयाँ लगानी गर्न सहभागी बैंकहरुबीच मिति २०७४ पौष ७ मा भएको सहवित्तीयकरण सम्झौतामा मिति २०७७ आषाढ ३० गते पुरक सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ ।
उक्त समारोहमा अगुवा बैकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका थिए ।















प्रतिक्रिया