ईन्द्रधनुष क्लव बेल्जियम द्वारा गत २०अप्रिलका दिन पेरिस भ्रमण सहित एक बैठक संसारकै प्रसिद्ध सुन्दर शहर फ्रान्सको राजधानी पेरिसमा अवस्थित एफिल टावरमा सम्पन्न गरेको छ ।
सन् २००२ मा स्थापना भएको यस क्लवले बेल्जियममा रहेका नेपालीहरु लाई एककृत गर्ने उद्देश्य बमिजोम नेपाल र नेपाली लाई चिनाउने बिभिन्न सास्कृतिक तथा सामाजिक कार्यहरु गर्दै आएको छ । यसै क्रममा राम्रो रमाईलो र रंगीलो पेरिस भमण अन्तर्गतको यात्रामा विभिन्न संघ-सस्थाका पदाधिकारी तथा प्रतिनिधि एवं नेपाली समाजका अग्रज दाजूभाई तथा दिदीबहिनीहरुले भरिभराउ भएको बस यात्रा बेल्जियमको बिभिन्न ठाउँ र फ्रान्स को विभिन्न पर्यटकीय स्थल हरुको अवलोकन गर्दै भ्रमण मा सरिक यात्रुहरुले बिभिन्न गित गजल मुक्तक तथा आफ्ना रचना हरुबाट भरपूर मनोरंजन लिएका थिए ।
मनमोहक तरिकाले १२५ बर्ष भन्दा पहिला निर्माण गरिएको विश्व प्रसिद्ध एफिल टावरमा हाल सम्म दुई सय पचास मिलियन यात्रु टावरमा चढी सकेका छन् भने दुई बर्ष दुईमहिना पाच दिन निर्माण समय लागेको टावरको उचाई तिन सय मिटर रहेको छ । रोचक प्रसंग टावर निर्माणको लागी करिव दश हजार टन फलामको प्रयोग गरिएको थियो । ईन्द्रधनुष क्लव द्वारा आयोजित भ्रमणको कार्यक्रम संगै पेरिस टावरको माथिल्लो तलामा क्लवका अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा सदस्यहरुको समुपस्थित सहित छोटो मिटिंग समेत सम्पन्न गरेको थियो । टावरको अवलोकन पश्चात पेरिस का बिभिन्न ठाउ पेरिस गेट, मोनालिसा दरवार , फ्रान्स पार्लामेंट हाउस, बिश्व प्रसिद्ध पेरिस चर्च हरुको दृश्य अवलोकन गरिएको थियो ।
प्रवासको व्यस्त जीवन शैली लाई बचेको समयलाई मनोरन्जनात्मक तवरले एक आपसमा सहयोग सद्भाव सामाजिक कार्यमा सजिलो भन्ने अभिप्राय बाट यस्ता कार्यक्रम हरु बेल्जियम नेपाली बीच क्लवले गर्दै आएको छ साथै उक्त भ्रमण कार्यक्रमलाई सहयोग पुर्याउने क्लवका अनन्त गुरुङ, बिष्णु सापकोटा, शान्ति भट्टराई, यसोदा सुवेदी, ओम गुरुङ साथै सहयोगी बाग्लुंग समाजका उपाध्यक्ष मोहन पन्त पत्रकार पुरुषोत्तम सुवेदी लगाएत यात्रामा सहभागी हुनु भएका सम्पूर्ण यात्रु लगाएत सुभेच्छुक हरुमा धन्यवाद प्रकट गरेको छ । साथै नया बर्ष को शुभकामना तथा मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम क्लवको आयोजनामा गत १४ अप्रिलका दिन लुभेनमा नेपाल बाट आएका कलाकार द्वय शिव शंकर रिजाल (जोगेन्दर को दुकान) र सुरेन्द्र के सी (मुलाको साग) साथ सम्पन्न गरेको थियो ।














प्रतिक्रिया