२ कार्तिक २०८३, सोमबार

इंग्लिस प्रिमियर लिगअन्तर्गतको खेलमा चेल्सी विजयी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३१ असार । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी विजयी भएको छ ।

चेल्सीले शीर्ष चारमा रहेर आउँदो सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान पक्का गर्ने सम्भावना थप बलियो बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा रेलिगेशनमा पर्ने पक्का भएको पुछारको नर्विच सिटीलाई चेल्सीले १–० ले पराजित गरेको हो । चेल्सीको जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा ओलिभर जिरउडले गरेको गोल नै निर्णायक बन्यो ।

टिम क्रुलको पासमा जिरउडले हेड मार्फत गोल गरेका हुन् । जितपति तेस्रो स्थानको चेल्सीको ३६ खेलबाट ६३ अंक भएको छ । चौथो स्थानको लेस्टर सिटीको ३५ खेलबाट ५९ अंक रहेको छ । पुछारको नर्विचले मात्रै २१ अंक जोडेको छ ।