५ कार्तिक २०८३, बिहिबार

काठमाडौँमा २ सहित कुन प्रदेशमा कति थपिए कोरोना संक्रमित ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । मंगलबार मुलुकभर थप ११६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु विभिन्न जिल्लाका रहेका छन् । हालसम्म देशभर संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ । त्यस्तै, ६०.५३ प्रतिशत संक्रमित उपचारपछि निको भएका छन् ।

प्रदेश नं १ मा ९, प्रदेश नं २ मा ४४, वाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा ४, प्रदेश नं ५ मा २१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा २० सङ्क्रमित फेला परेका हुन् ।

धनुषा जिल्लामा २१, महोत्तरीमा १९ र अछाममा १४ जना छन् । काठमाडौँमा थप दुई जनामा कोभिड १९ पुष्टि भएको छ ।

विगत २४ घण्टामा पीसीआर विधिबाट ४,३६१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

क्वारेन्टिनमा रहेकाको संख्या घटेर २४ हजार ७ सय १६ जना पुगेका छन् । तिमध्ये सुदूरपश्चिमका धेरै रहेका छन् । अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन् ।

हालसम्म कोरोना संक्रमितहरु प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा रहेका छन् ।