
काठमाडौँ, ३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुखलाई घुससहित पक्राउ गरेको छ ।
डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ ९ लाख ३४ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
आयोगको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित बेसक्याम्पभित्र रहेको निवासबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
निर्माणाधिन सिँचाइ परियोजनाको बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको आधारमा आयोगले पक्राउ गरेको हो । अख्तियारले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया