३ कार्तिक २०८३, मंगलबार

दलित छात्रालाई छात्रवृत्ति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, १ चैत । नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घ महोत्तरीले शनिबार जिल्लाका १२१ दलित छात्रालाई छात्रवृत्ति वितरण गरेको छ ।

महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा सङ्घले नेपाल छात्रवृत्ति कार्यक्रमअन्तर्गत प्रथम त्रैमासिक छात्रवृत्ति वितरण समारोह २०१५ को आयोजना गर्दै जिल्लाका नौ विद्यालयमा अध्ययनरत ती छात्रालाई छात्रवृत्ति वितरण गरेको संस्थाका कार्यक्रम संयोजक पे्रम जैरुले बताउनुभयो । सभासद् रामदयाल मण्डलले ती छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।

सहयोगी संस्था सेभ द चिल्ड्रेनको एनएलसी रोज माक्रोमेक फन्डबाट कक्षा १ देखि स्नातकोत्तरसम्म पढ्ने छात्रालाई कक्षा र तहअनुसार कम्तीमा जनही एक हजार २०० देखि छ हजारसम्म  दुई लाख २७ हजार ७०० छात्रवृत्ति वितरण गरिएको संस्थाका अध्यक्ष विक्रम पासवानले बताउनुभयो ।

यसका साथै भर्खरै प्रवेशिका दिन लागेका तथा अत्यन्त कमजोर ११ छात्रालाई अतिरिक्त तयारी कक्षा लागि जनही ४०० गरी जम्मा आठ हजार ८०० थप रकम प्रदान गरिएको छ ।