७ मंसिर २०८३, सोमबार

उपत्यकाका चारसहित ६ नीजि प्रयोगशालालाई कोरोना परिक्षणको अनुमति

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । उपत्यकाका चारसहित ६ वटा नीजि प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) परिक्षणका निम्ति सरकारी अनुमति मिलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मापदण्ड पुगेका प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।

ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले उपत्यकामा अनुमति पाएका हुन् ।

यस्तै, बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् । यी प्रयोगशालालो सरकारले संकलन गरेर दिएको नमूना मात्र परिक्षण गर्नुपर्ने हुन्छ ।