काठमाडौं, १ चैत । पार्किङ क्षेत्रमा अवरोध पुर्याएको भन्दै प्रहरीले टाइटानिक डान्सबारका सञ्चालक आकाश तामाङलाई पक्राउ गरेको छ।
दरवारमार्ग क्षेत्रमा मोटरसाइकल पार्किङ गर्ने क्षेत्रमा साङलो राखेर अवरोध पुर्यााएको भन्दै उनलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गले पक्राउ गरेको हो।
वृत्तका प्रमुख रमेश बस्नेतका अनुसार उनलाई सहयोगी दिनेश पाख्रिनसहित पक्राउ गरी सार्वजनिक अपराध ऐनअर्न्तगत कारबाहीका लागि हिरासतमा राखिएको नागरिक दैनिकले छापेको छ।















प्रतिक्रिया