
काठमाडौँ, २८ असार । ललितपुरमा एकै घरका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
माहालक्ष्मी नगरपालिका वडा नं. ८ लुभूको एकै घरका १० जनामा संक्रमण देखिएको हो ।
असार १७ गते बल्खुस्थित बयोद्या अस्पतालका ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको थियो । उनकै कन्ट्याक्ट ट्रेसिङ गर्दा उनकै परिवारका अन्य ७ जना र भाडामा बस्ने २ गरी १० जनामा संक्रमण देखिएको हो ।
उनीहरुमा असार २५ गते संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।















प्रतिक्रिया