५ कार्तिक २०८३, बिहिबार

अवैध मृगौला प्रत्यारोपण प्रकरणमा प्रहरीका असई पनि पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २८ असार । अवैध मिर्गौला प्रत्यारोपण प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) पनि पक्राउ परेका छन् ।

घटनामा संलग्नताको आरोपमा प्रहरीले गुल्मी रेसुंगा नगरपालिका २ का प्रहरी सहायक निरीक्षक (असई) भीमप्रसाद ढकाललाई र यसअघि पनि मिर्गौला तस्करीमा मुछिएका निलम्बित प्रंहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलिया पक्राउ परेका छन् ।

विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरी तेस्रो व्यक्तिको मृगौला प्रत्यारोपण गरिएको घटना बाहिरिएपछि प्रहरीले चितवनको कलेज अफ मेडिकल साइन्सेजका ३ जना डाक्टरसहित १२ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले ललितपुरका एक जना वडाध्यक्षलाई समेत पक्राउ गरेको छ ।