
काठमाडौं, २८ असार । जनता समाजवादी पार्टीले सांसद पदच्युत गरिएकी नेत्री सरिता गिरी सर्वोच्च अदालतको शरणमा पुगेकी छन् ।
गिरीले सांसद पद पुनर्बहालीको माग गर्दै आइतबार रिट निवेदन दर्ता गराएकी छन् ।
आफूलाई सांसद पदबाट हटाउने पार्टीको निर्णय गैरकानुनी रहेको उल्लेखसहित सर्वोच्चमा गिरीको रिट परेको हो ।
२३ असारको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गिरीलाई समानुपातिक सांसदबाट पदच्युत गर्नुका साथै साधारण सदस्य समेत नरहेनगरी कारबाही गरेको थियो ।
संसद सचिवालयले पनि पार्टीको निर्णयबमोजिम गिरीको सांसद पद रिक्त भएको सूचना प्रकाशित गरिसकेको छ ।











प्रतिक्रिया