६ कार्तिक २०८३, शुक्रबार

थप १४७ जना कोरोनामुक्त, निको हुनेको संख्या ८ हजार ५८९ पुग्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । आइतबार थप १ सय ४७ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म ८ हजार ५ सय ८९ जना उपचारपछि निको भएका छन् ।

कोरोनाका कारण नेपालमा ३८ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।