
काठमाडौँ, २८ असार । प्रहरीले अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा भरतपुर मेडिकल कलेजका डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आइतबार ९ जना र शनिबार चितवनबाट ३ जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमार्फत ब्युरोले घटनामा संलग्नको आरोपमा ललितपुरबाट ९ जना र चितवनबाट ३ जना पक्राउ गरेको जानकारी दिएको छ ।
उनीहरुविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पर्नेमा एक वडाध्यक्षसमेत रहेका छन् भने २ जना महिला पनि रहेका छन् ।
प्रहरीले ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनलाई पक्राउ गरेको हो ।
महर्जनमाथि अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा गर्ने समूहलाई नक्कली नाता प्रमाणित गर्ने कागजमा सघाएको आरोप छ ।















प्रतिक्रिया