
काठमाडौँ, २८ असार । आइतबार ८२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।
त्यस्तै, आइतबार काठमाडौँमा ५ र ललितपुरमा १ गरी उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । हाल उपचाररत कोरोना संक्रमितको संख्या ८ हजार १७४ रहेको छ ।
मन्त्रालयका अनुसार आइतबार १४७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ८ हजार ५ सय ८९ जना रहेको छ ।















प्रतिक्रिया