६ कार्तिक २०८३, शुक्रबार

फेरि आयो नेपालमा सलह किरा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । नेपालमा सलहका थप २ झुण्ड प्रवेश गरेको छ ।

दाङमा बिहान साढे ९ बजे र दिउँसो गरेर २ वटा झुण्ड प्रवेश गरेको सलह सूचना केन्द्रले जानकारी दिएको छ ।

उक्त झुण्ड एक दुई लाखको संख्यामा रहेको केन्द्रले जनाएको छ । हाल आकाशतिर उडिरहेका सलह भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको बताइएको छ ।

ठूलो झुण्ड भने प्रवेश नगरेको केन्द्रले बताएको छ । राजस्थानबाट नेपालतर्फ हावा बहन थालेपछि केन्द्रले नेपालमा ठूलो संख्यामा सलह आउने अनुमान गरिएको थियो ।

दाङमा कृषकहरुलाई सचेत हुन अनुरोध गरिएको छ । किसानहरुले भाडा ठटाएर र आगो बालेर धुँवा निकालेर सलह भगाउन थालेका छन् ।