६ कार्तिक २०८३, शुक्रबार

मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएपछि …

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, २८ असार । पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् ।

गुल्मी जिल्ला रुरु गाउँपालिका ५, बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका १, अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए ।

गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए ।

श्यामशरणलाई घरमा पु¥याउँदा परिवार र आफन्तहरूको भीडभाड थियो ।

केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो ।

पुरुषको लासलाई श्यामशरणको लास भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन् ।

किरिया बसेको ९ दिनमा जीवित भेटिएपछि आफन्तहरू खुसी देखिएका छन् ।

पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई जानकारी गराएका थिए । –रासस