
सप्तरी, २७ असार । डाकनेश्वरी नगरपालिका ७ ब्रहमपुरस्थित पोखरीमा माछा मारेको विषयलाई लिएर कुटपिट हुँदा स्थानीय ५५ वर्षीया मानशेर देवी मण्डलको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
उक्त स्थानमा झैझगडा तथा कुटपिट हुँदा मण्डलको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रबाहबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने ३५ वर्षीय कारी साह समेत ५ जनालाई पक्राउ गरेको छ ।
कुटपिटमा संलग्न अन्य फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ















प्रतिक्रिया