पोखरा ३० फागुन । पोखरामा आफ्नै श्रीमानले श्रीमतीलाई घरको छतबाट खसालेर हत्या गरेका छन् ।
कास्कीको रुपाकोट घर भै पोखरा ४ बस्ने लक्ष्मी सुनार अधिकारीेलाई श्रीमान सोम सुनारले घरको छतबाट फाल्दा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए । श्रीमानले छतबाट फालिदिएपछि गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजादैँ गर्दा मृत्यु भएको हो ।
लक्ष्मीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनका श्रीमानलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया