
काठमाडौँ, २७ असार । नेपालमा कोरोनाभाइरस संक्रमणको दर घट्दो क्रममा आउन थालेको छ ।
पछिल्लो २४ घण्टामा थप ७० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
गत २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जनाए । यससँगै कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ३१ जना डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।















प्रतिक्रिया