
काठमाडौँ, २७ असार । बाढीपहिरो पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्ने सम्भावनाका विषयमा छलफल भएको छ ।
विपद व्यवस्थापन प्राधिकरणले पीडितहरुलाई सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको हो ।
प्राधिकरणले प्रभावितहरुलाई उद्धार तथा राहतको विषयमा सरोकारवालाहरुसँग छलफल गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बाढी पहिरोका घटनाहरु बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुनस्र्थापनाका विषयमा प्राधिकरणले सरोकारवालहरुसँग छलफल गरेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।
प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुनस्र्थापना गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा लगायत विभिन्न मन्त्रालयका मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
हालसम्म बाढीपहिरोले ८ जिल्ला निकै प्रभावित भएका छन् भने २३ जना भन्दा बढीको मृत्यु भएको छ । घटनामा २६ जना घाइते भएका छन् ।















प्रतिक्रिया