३ कार्तिक २०८३, मंगलबार

चितवनमा थप चारजनामा स्वाइन फ्लु पुष्टि, सङख्या ३१ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

swine

रत्ननगर (चितवन), ३० फागुन । चितवनमा स्वाइन फ्लु सङ्क्रमित बिरामीको सङख्या बढेर ३१ पुगेको छ ।

दुई दिनअघि २७ जना सङ्क्रमित भएकामा आज थप चार जनामा सङ्क्रमण भएको पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विजय पौडेलले ३१ जनामा स्वाइन फ्लु भएको प्रतिवेदन आएको बताउँदै उनीहरूको भरतपुर अस्पतालमा उपचार सफल भएको जानकारी दिनुभयो ।

अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि घर फर्किएको उहाँको भनाइ थियो । रासस