२ कार्तिक २०८३, सोमबार

नेकपा अध्यक्ष प्रचण्ड बाढीपहिरोको अवस्था बुझ्न चितवन जाँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । सत्तारूढ नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जान लागेका छन् ।

बाढीपहिरो र कोरोना महामारीलगायतका विषयमा गृह जिल्ला चितवनका जनताको अवस्था बुझ्न प्रचण्ड शनिबार चितवन जान लागेको उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

पार्टीको स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित भएपछि उनी गृह जिल्ला जान लागेका हुन् ।

पार्टीमा आन्तरिक विवाद सुल्झाउन केन्द्रीत रहेका प्रचण्ड केही समयदेखि चितवन गएका थिएनन् ।