५ कार्तिक २०८३, बिहिबार

उपत्यकामा छिट्टै साझा बस सञ्चालन हुने

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । काठमाडौँ उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी हु्न थालेको छ ।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन् । उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने बताएका छन् ।

सरकारले तयार पारेको मापदण्डलाई पालना गरेर बस सञ्चालनको तयारी थालिएको दीक्षितले जानकारी गराएका छन् । ४ महिनादेखि पार्किङ गरिएका साझाका बसहरु मर्मत गर्न थालिएको छ ।

सरकारले ५० प्रतिशत यात्रु बोक्न पाउने, ५० प्रतिशत बढी भाडा लिन पाउने र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने सर्तमा बस सेवा सञ्चालन गर्न दिने निर्णय भएको छ ।