३ कार्तिक २०८३, मंगलबार

बाग्लुङमा उपनिर्वाचन नलड्ने दीनानाथ शर्माको घोषणा, बिरामी भएर अस्पताल भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dinanath-Sharma

काठमाडौं, ३० फागुन । एकीकृत नेकपा एमाओवादीका प्रवक्ता दीनानाथ शर्मा अचानक बिरामी परेपछि बाग्लुङ १ मा हुने उपचुनाव नलड्ने भएका छन् ।

निर्वाचन क्षेत्रमा जाने क्रममा बिरामी भएर पोखरास्थित फेवा सिटी अस्पताल भर्ना भएका शर्माले अस्पतालबाटै विज्ञप्ति निकालेर चुनाव नलड्ने घोषणा गरेका छन् । शर्मालाई उच्च रक्तचाप र मुटुको समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । शर्मा नलड्ने भएपछि एमाओवादीले नयाँ उम्मेदवार तोक्ने भएको छ ।