
रुकुम, २६ असार । अविरल वर्षाका कारण आज रुकुम पश्चिममा आमाछोराको मृत्यु भएको छ ।
बिहीबारदेखि अविरल परेको पानी र घरमाथी बाट आएको पहिरोमा परेर आठबिसकोट नगरपालिका ३ खदी गाउँकी २८ वर्षीया गिता दमाई र उनका ६ वर्षीय हाबिल परियारको घटनास्थलमै मृत्यु भएको हो ।
उनकी ८ वर्षीया छोरी हिरा परियारलाई भने स्थानीय र नेपाल प्रहरीले उदार गरेका छ्न । शुक्रवार बिहान घरनजिकैको रेझेखोलामा आएको बाढीसँगैको पहिरोले तुल बहादुर दमाईको घर बगाएको थियो ।
४ जनाको परिवार रहेकोमा तुल बहादुर काम विशेषले घर बाहिर भएकोले उनी शकुशल रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक ठग बहादुर केसिले बताए ।
रुकुम पश्चिमको आठबिसकोट, मुसिकोट, चौखाबाङ, पुर्तिमकाडा लगायतका स्थानहरु पहिरोको उच्च जोखिममा रहेका छ्न् ।















प्रतिक्रिया