५ कार्तिक २०८३, बिहिबार

जाजरकोटमा पहिरोमा बेपत्तामध्ये ३ जनाको शव फेला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २६ असार । भारी वर्षाका कारण जाजरकोटको बारेकोट गाउँपालिका ४ मा गएको पहिरोमा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको छ ।

थप ९ जना अझै बेपत्ता रहेका छन् ।

३ जनाको शव निकाल्ने काम भइरहेको र थप ९ जना हराइरहेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गएरातिदेखि नै उक्त स्थानमा फोन सम्पर्क हुन पनि समस्या भएको प्रहरीले जनाएको छ । जसका कारण सूचना प्राप्त गर्न कठिनाइ भइरहेको जनाइएको छ ।