५ कार्तिक २०८३, बिहिबार

तनहुँमा सेती नदी पस्दा ४२ घर डुबानमा, १५० लाई सारियो सुरक्षित स्थानमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । तनहुँमा सेती नदी पसेको छ ।

निरन्तर वर्षाको कारणले जिल्लाको शुक्लागण्डकी नगरपालिका ४ पुल्चोक बजारमा सेती नदी बढेर उर्लेको हो । सेती र सुरौँदी खोलासमेत पुल्चोक बजारमा पस्दा ४२ घरहरु डुबानमा परेका छन् ।

घर डुबानमा पसेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । केही चौपाया पनि बगाएको स्थानीयले जनाएका छन् । त्यस्तै, अन्य क्षतिको विवरण वडा कार्यालयले संकलन गर्दै गरेको जनाइएको छ ।