
सुर्खेत, २६ असार । बीरेन्द्रनगर नगरपालिका ३ तातापानी पतेनी रोडस्थित एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
जय बहादुर थापाको घरको बाथरुममा टायल मार्बल लगाउन विद्युतको काम गर्ने क्रममा भगतवी टोल बस्ने स्थानीय ५८ वर्षीय तेज बहादुर पुन मगरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो ।
करेन्ट लागेर अचेत भएका अवस्थामा फेला परेका उनलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया