५ कार्तिक २०८३, बिहिबार

थप १०८ जनामा कोरोना, १३९ डिस्चार्ज, संक्रमितको संख्या साढे १६ हजार नाघ्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । नेपालमा बिहीबार कोरोनाभाइरसका थप १ सय ८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा गत २४ घण्टामा थप १ सय ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

पछिल्लो समय ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

यससँगै संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अुनसार देशभरका क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना मानिसहरू छन् ।

पछिल्लो २४ घण्टामा १३९ डिस्चार्ज भएका छन् ।