
काठमाडौँ, २५ असार । ललितपुरको किस्ट अस्पतालमा भर्ना भएका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
ग्वार्काेमा रहेको किस्ट अस्पतालमा एक गर्भवतीसहित ४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । उनीहरुको पाटन अस्पतालमा परीक्षण भएको थियो ।
कोरोनाभाइरस देखिएकामध्ये २९ वर्षीय गर्भवती महिला, पथरीको शल्यक्रिया गर्न गएका ६५ वर्षका पुरुष, दमको बिरामी ६६ वर्षीय महिला र ज्वरो आएका ११ वर्षीय बालक रहेका अस्पतालले जनाएको छ ।















प्रतिक्रिया