३ कार्तिक २०८३, मंगलबार

महाकाली-मेची जागरण यात्राको काठमाडौंमा समापन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yoge yata

काठमाडौं, ३० फागुन । गत फागुन १४ गतेदेखि सुरु भएको महाकाली मेची राष्ट्रिय जागरण यात्रा राजधानी काठमाडौं पुगेर समापन भएको छ ।

पतञ्जली योग समिति कञ्चनपुरको अयोजनामा फागुन १४ महाकाली नदीबाट सुरु भएको योग यात्रा २७ जिल्ला हुँदै विरगञ्जेदखि सिधै काठमाडौं पुगेर शनिवार समापन गरिएको हो ।

महाकाली मेची राष्ट्रिय जागरण यात्राका संयोजक लवदेव मिश्रले राजधानी काठमाडौं पुगेर प्रहरी प्रधान कार्यालयमा योग यात्राको समापन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार योग यात्रामा २ सय ५० प्रशिक्षक, योगआचार्यले सहभागीता जनाएका थिए ।

समापन कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल प्रहरीका एआईजी राजेन्द्रसिंह भण्डारीले प्रहरीमा योग आचरणको विकास गराउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो–‘प्रहरीको दैनिकीलाई योग संग जोड्ने प्रयास गर्नेछौं, जसले दिनभरीको तनावलाई शान्त पार्छ ।’

उहाँले नेपाल प्रहरीभित्र तत्कालै योग आचरणको विकास गरिने बताउनुभयो । यस्तै, आजैदेखि प्रहरी प्रधान कार्यालय नक्सालमा ५ दिने योग शिविरको समेत आयोजना गरिएको छ ।

योग शिविरको उद्घाटन पतञ्जली यो समितिका केन्द्रीय अध्यक्ष शम्भु दाहालले गर्नुभयो । उहाँले योग आशनले मानव जीवनलाई अध्यात्मिक र स्वस्थ बनाउने बताउनुभयो ।

फागुन १४ गते कञ्चनपुरको महाकालीबाट सुरु भएको योग यात्राको पतञ्जली योग पिठ हरिद्धारका शिरोमणी आचार्य बालकृष्णले उद्घाटन गर्नुभएको थियो । योग यात्रामा पतञ्जली योग समिति कञ्चनपुरका प्रशिक्षक लवदेव भट्टको समेत सहभागीता रहेको थियो ।