
काठमाडौँ, २४ असार । वुधबार थप २ सय ५३ जनाले कोरोना जितेका छन् ।
पछिल्ला केही दिनमा संक्रमणको दर घट्दै गएको चर्चा भइरहेका बेला निको हुनेको संख्या पनि बढीरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा २५३ जना कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ७ हजार ७५२ पुगेको छ ।
थप २५५ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या १६ हजार ४ सय २३ जना पुगेको छ । प्रवक्ता गौतमका अनु्सार हाल धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला गरी ५ जिल्लामा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् ।
५ सय भन्दा बढी संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली, बाजुरा रहेका छन्















प्रतिक्रिया