५ कार्तिक २०८३, बिहिबार

ट्याक्सी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । नेपाल सरकारलाई ट्याक्सी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।

‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी(सिसिएमसी)ले तय गरेको मापदण्ड पूरा गरी सरकारले लकडाउनकै अवधिमा पनि केही पेसा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेकोले सोही मापदण्डलाई पालना गरी सर्वसाधारणको आवतजावतमा थप सहजता प्रदान गर्न ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन समितिले नेपाल सरकालाई निर्देशन दिएको हो ।

विगत ३ महिनादेखि लकडाउनका कारण सार्वजनिक सवारी साधन चलेका छैनन् ।

गाडीको किस्ता, घर खर्च लगायतको अभावले मानसिक यातना भएको कारण डिप्रेसनको स्थितिमा पुग्न लागेको यातायात मजदूर तथा व्यवसायीले गुनासो गर्दै आइरहेका छन् ।