३ कार्तिक २०८३, मंगलबार

भारतबाट ७ जना वालवालिकाको उद्दार, परिवारको जिम्मा लगाईयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DSC08214काठमाडौं, ३० फागुन । भारतको विभिन्न ठाउँमा काम गर्दै आएका ७ जना नेपाली बालकहरुलाई उद्दार गरी नेपाल फर्काइएको छ ।

विगत करिव १ वर्ष देखि भारतको बैंगलोर, मुम्वई लगायतका स्थानहरुमा बालश्रमिकको रुपमा काम गर्दै आएका ती बालकहरुको उद्दार गरिएको हो ।

भारतको बैंगलोरमा रहेको शिवाजी, चाँदनी चौक भन्ने ठाउँमा रहेको ब्याग बनाउने कारखानामा काम गरी रहेको अवस्थामा भारतीय प्रहरीले छापामारी गरी नेपाली र भारतीय बालकहरुको उद्दार गरेको थियो ।

DSC08209जसमध्ये नेपालको रौतहट जिल्लाका २ जना र बराका ४ जना बालकलाई नेपाल फर्काइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरीक्षक खगेन्द्र प्रसाद महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार रौतहटका १२ वर्षीय मोहन जहरुल, १४ वर्षीय मोहज अन्जारुल बाराका १४ वर्षीय रोशन बुढाथोकी, १७ वर्षीय रामपुकार पटेल, १३ वर्षीय होरिल कुमार, १५ वर्षीय कामेश्वर यादव र १२ वर्षीय प्रदिप पासवानलाई भारतीय प्रहरीको सहयोगमा उद्दार गरी नेपाल फर्काइएको हो ।

DSC08205भारतको ट्रेन हेर्न आफू पढने विद्यालयका साथीहरुसंग आफनै घरबाट एक हजार रुपैया चोरेर घरबाट स्कुल पढन जाने बाहानामा रक्सौल गएको र ट्रेनको साइरन बजेपछि स्टेशनमा रहेको सवै मान्छेहरुलाई ट्रेनमा चढेको देखेर आफू पनि चढेर मुज्जफरपुर पुगेको उद्दार गरिएका वालकहरुले बताएका छन् ।

६ जनालाई ब्याग कारखाना र एक जनालाई मुज्जफरपुरको रेल्वे स्टेशनबाट भारतीय प्रहरीले उद्दार गरी बैगलोर तथा मुज्जफरपुरमा रहेको बाल गृहमा राखेको थियो ।

DSC08143मुज्जफरपुर बाल गृह संचालन गर्न जिम्मेवारी पाएको निर्देश नामक संस्थाले जिल्ला बाल कल्याण समिति बारा र हिमराइट्स बारालाई जानकारी गराएको थियो । त्यसपछि बच्चाहरुको उद्दारको कार्य अगाडी बढाइएको थियो ।

वालकहरुलाई जिल्ला बालकल्याण समिति बाराका बालअधिकार अधिकृत सुदेश यादव, हिमराइट्सका जिल्ला कार्यक्रम संयोजक ओम प्रकाश गिरी र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरिक्षक खगेन्द्र प्रसाद महतोको टोलीले उद्दार गरेको हो ।

– नेपाली बच्चाहरु भारत तर्फ किन र कसरी गए ?

एजेन्ट (साहु) ले शुरुमा नेपालमा आइ आफूलाई सस्तोमा काम गर्न सक्ने, बाहिर जान रुचाउने, कम पैसामा धेरै काम गराउन सकिने जस्ताको कुराको आधारमा आफु र आफना नातेदार, आफनो कारखानामा काम गर्ने कर्मचारीहरुको मार्फत बच्चा खोज्ने काम गरेको बच्चाहरुसंगको छलफलबाट खुल्न आएको छ । खास गरी यहाँका बच्चाहरु परिवारको सिफारिस, साथीसंगको लहलहैमा परी तथा केही बालकका बुवाआमाले काम गर्न पठाएको अवस्था पनि भेटिएको छ ।

– नेपाली बच्चाहरु भारत गएपछि के काम लगाइएका थिए ?

छिमेकी देश भारत गएका बालकहरु विहान ०९ः०० बजे देखि राती १२ः०० बजे पनि काम गर्ने गरेका थिए । ती बच्चाहरु बैगलोरको शिवाजी चाँदनी चौक भन्ने ठाउँमा रहेको बैग बनाउने कारखानामा काम गर्ने गदर्थे ।