४ कार्तिक २०८३, बुधबार

अर्घाखाँची गुल्ममा मेस निर्माणमा आर्थिक चलखेलको खुलासा

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल

अर्घाखाँची, २१ असार । सशस्त्र प्रहरी बल अर्घाखाँचीले गुल्ममा मेस निर्माणको लागि गुल्मका सुरक्षाकर्मी प्रयोग गरि आर्थिक चलखेल गर्न खोजेको पाइएको छ ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वाड न १ लादाम बगैंचामा रहेको ससस्त्र प्रहरी बल अर्घाखाँची गुल्मले गुल्मको खाना पकाउने मेस निर्माणमा गुल्ममा कार्यरत सुरक्षाकर्मीहरुको प्रयोग गरेको पाइएको हो ।

आर्थिक वर्ष २०७६ ०७७ मा प्रदेश सरकार बाट बिनियोजित १६ लाख रकम बाट उक्त गुल्मको लागि खाना पकाउने मेस निर्माणको लागि भनि ट्रस सहितको एक कोठे हल मेस भबन निर्माण गर्नको लागि मिति २०७७ जेठ ४ गतेको बुद्ध दर्पण पत्रीका मा सूचना प्रकासित गरिएको थियो ।

विभिन्न ठेक्का सप्लायर्सहरु लाई खुल्ला बोलपत्र आह्वान गरे मध्ये बाट घटिघटाउमा ठेक्का हात पारेको मिश्र सप्लायर्स लाई काम सम्पन्न गर्न भनी ठेक्का दिइएको पाइएको छ । उक्त सप्लायर्सलाई ठेक्का सम्झौता गरेपनि काम नगरेको पाइएको छ ।

सशस्त्र प्रहरी बल अर्घाखाची प्रमुख नायव प्रहरी उपरिक्षक माधब रेग्मीले कार्यलयका सिपाही हवलदार अन्य सुरक्षाकर्मीलाई बिहान ६ बजे देखि साझ ७ बजे सम्म लगातार काम गर्न लगाएको र आफू समेत लगातार काममा खटेर आफुले मात्र पैसा खाने खेलो गरेको प्रष्ट देखिन्छ ।

ठेक्का लिएको सप्लायर्सले काम गर्न भनी श्रमिकहरु पठाउदा हामी भित्रै बाट काम गर्छौ भनेर लेवर लाई फिर्ता गरेको नाम नखोल्ने शर्तमा एक सिपाहीले जानकारी दिएका छन् ।

उनका अनुसार आफू बिहान देखि साझ सम्म लागातार काम गर्दा थाकेको र राती फेरि पुनः ३ ४ घन्टा गोष्टि (डिउटी) जान परेको, काम गर्दा ढुङ्गाले खुट्टा काटेको तर औसधि आफैले गर्न परेको सिपाहीहरुको गुनासो छ ।