२ कार्तिक २०८३, सोमबार

प्रचण्ड, झलनाथ र माधव किन पुगे शितल निवास ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । नेकपाभित्रको विवाद चरम रुपमा उत्कर्षमा पुगिरहेको बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल शितल निवास पुगेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका तीन नेताले बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका हुन् । राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाउने प्रयत्न भएको आरोप लागिरहँदा तीन नेता भेट्न जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सोही विषयमा स्पष्ट पार्न प्रचण्डसहितका नेताहरू शितल निवास पुगेको बताइएको छ ।

नेकपाभित्र विवाद चर्किरहँदा राष्ट्रपति निवासको सक्रियता पनि बढेको छ । यसअघि शनिबार साँझ मात्रै प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका थिए । उनीहरुबीच डेढ घण्टा कुरा थियो ।