२ कार्तिक २०८३, सोमबार

पाकिस्तानमा संक्रमितको संख्या २ लाख २५ हजार, ४ हजार धेरैकाे मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कराँची, २१ असार । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको सङ्ख्या २ लाख २५ हजार २८३ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणको कारण पाकिस्तानमा शनिबारसम्म ४ हजार ६१९ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये १ लाख २५ हजार ९४ जना भने निको भएका छन्। पाकिस्तानका सिन्ध र पञ्जाव प्रान्त अत्यन्त प्रभावित भएका छन् ।

सिन्ध प्रान्तमा ९० हजार ७२१ जना संक्रमित भएका छन् । पञ्जाब प्रान्तमा ८० हजार ७ सय २१ जनामा कोरोना संक्रमण भएको छ ।

यसैबीच इस्लामाबादमा थप १६३ जनामा कोरोना भाइरस संक्रमण भएको र दुइ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले शुक्रबार कोभिड १९ परीक्षण गरेको र पोजेटिभ भएको घोषणा गरेका छन् ।