३ कार्तिक २०८३, मंगलबार

जाजरकोटमा बाल विवाह गरेको जोडी पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo

– बीरबहादुर गिरी 

जाजरकोट ३० फागुन । जाजरकोटमा बालबिबाह गरको एक जाडीलाई प्रहरीले पक्राउ गरेको छ । अभिभावकको मिलमतोमा बालबिबाह गरेको आरोपमा खलंगा ६ बाहुनथानाको नबराज शाहीको जोडीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

शंकर भवन माद्यामिक बिद्यालय बाहुनथानामा कक्षा आठमा अध्ययनरत १४ बर्षीय शाही र खलंगा ५ की १३ बर्षीय देबी बुढाका जोडीलाई अभिभाबक सहित पक्राउ गरेको प्रहरी नायब उपरिक्षक दिनेशराज मैनालीले बताए ।

कानुन बिपरित बालबिबाह गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रनाउ मैनालीको भनाई छ ।

एकै गाउँ एउटै बिद्यालयमा अध्ययनतर तीन जोडीले बाल बिबाह गरेका थिए । बिबाहको खबर पाउनसाथ प्रहरी पुगेर एक जोडीलाई नियन्त्रणमा लिए पनि अन्य २ जोडी भने फरार भएका छन ।

उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अभिभाबकले नै लुकाउन खोजेले उनीहरु भाग्न सफल भएको प्रहरीको अनुमान छ ।

कानुनले बालबिबाहलाई गैरकानुनी माने पनि जाजरकोटमा बालबिबाह गर्ने परम्परा नै रहेको छ । बालबिबाह बढेको सामाचार आउन थालेपछि प्रहरीले सक्रियता बढाएको छ ।

गरिबी र अशिक्षाको कारण जाजरकोटमा बालबिबाहले सामाजिक मान्यता पाएको छ । नयाँ सुचना र प्रबिधिको विकासले बालबिबाह घटाउनुको सट्टा बढाउन थालेको स्थानीयको बुझाइ छ ।